गृहपृष्ठ Featured आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् ।

यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

सम्बन्धित् समाचार