गृहपृष्ठ Featured आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

प्रकाशित मिति:

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ ।

यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो । राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

राजस्थान ११ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दिल्ली पनि जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने योजनामा हुनेछ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित् समाचार