गृहपृष्ठ Featured पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन्। ८ सय १३ मत ल्याउँदै वडाध्यक्षमा पोखरेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेलले ६ सय ५९ मत ल्याएका छन्। सदस्यहरुमा कांग्रेसका शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेस विजयी भएको थियो।

सम्बन्धित् समाचार