गृहपृष्ठ Featured पोखरामा एमालेको अग्रता

पोखरामा एमालेको अग्रता

प्रकाशित मिति:

पोखरा : पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार कृष्ण थापाले गठबन्धनका उम्मेदवारलाई पछि पार्नुभएको छ ।

कृष्ण थापाले ६१ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०बाट मेयरका उम्मेदवार धनराज आचार्यले ५० मत प्राप्त गर्नुभएको छ ।

२०७४ सालको स्थानीय तह चुनावमा पोखराको वडा १ एमाले र वडा १२ कांग्रेसले वडाध्यक्ष विजयी हुनुभएको हो ।

पोखरा महानगरको मतगणता दिउँसो करिब ४ बजेदेखि सुरु भएको हो । मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिमा भइरहेको छ ।

सम्बन्धित् समाचार