गृहपृष्ठ Featured कांग्रेसको गढ मानिएको नवलपरासीको बौदिकाली गाउँपालिकामा एमाले विजयी

कांग्रेसको गढ मानिएको नवलपरासीको बौदिकाली गाउँपालिकामा एमाले विजयी

प्रकाशित मिति:

पूर्वी नवलपरासी : नेपाली कांग्रेसको गढ मानिएको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए ।

यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन् ।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो ।

सम्बन्धित् समाचार