गृहपृष्ठ Featured लोकप्रिय सुनिता : अरु सबैको जोड्दा पनि २६०० भन्दा बढी मतले अगाडि

लोकप्रिय सुनिता : अरु सबैको जोड्दा पनि २६०० भन्दा बढी मतले अगाडि

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखका लागि खसेको मत मध्ये हालसम्म २४ हजार १ सय ३६ मत गन्दा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै चार गुणा बढी मतले अग्रता लिएकी छिन्। डंगोलले ९ हजार ४ सय २१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ७५ मत ल्याएका छन्।

स्वतन्त्र तर्फबाट मेयरमा आकांक्षी रहेकी डंगोललाई नेकपा एमालेले उपमेयर पदको उम्मेदवार बनाएको थियो। उनले कति सम्म लोकप्रिय मत ल्याएकी छन् भने बाँकी सबै उम्मेदवारको मत जोड्दा पनि उनले ल्याएको जति पुग्न सकेको छैन। उनका सबै प्रतिस्पर्धीले ल्याएको मत ६ हजार ७ सय ५८ छ। २ हजार ६ सय ६३ मत डंगोलको बढी छ अरु सबै प्रतिस्पर्धीको मत जोड्दा पनि।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र २ को मत गणना सकिसकेको छ भने ३,४,५,६,६, ३१ र ३२ वडाको जारी छ।

अरुले कति कति ल्याए?

उपप्रमुखमा विवेकशील साझाकी कृती तुलाधरले तराजुबाट ४ सय ४ मत, राप्रपाकी बिनिता मगैयाले हलोबाट १ हजार ७ सय ९, मत ल्याउँदा आँखिझ्याल चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएकी विद्या श्रेष्ठले ७ सय ८३ मत ल्याएकी छिन्।

यस्तै, मादल चुनाव चिह्नले २७, पाङग्रोले  १०, करुवाले १३, कम्युटरले ६, बाघले ४ र घोगो ले १८ ल्याएका छन्।  पुतलीले १, खरायोले २, भुइकटरले १, आँपले २, गुलवाको फूलले ४, लौरोले १ हजार ५, धारा १, कैचीले ३, मुढाले ५, जेब्राले ३, लालटिनले २, चिलले १, घण्टाघरले ४, क्यापले ७० र अर्नाले ५ मत ल्याएका छन्।

बालेनको बढ्दो अग्रता

हालसम्म स्वतन्त्र तर्फका मेयर पदका उम्मेदवार बालेन साहले ९ हजार ३  सय ५३ मत ल्याएका छन्। जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४ हजार ९ सय ७६ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ३ सय ४७ मत ल्याएकी छिन्। राप्रपाका मदनदास श्रेष्ठले ८ सय ४५, विवेकशील साझाकी समिक्षा बास्कोटाले १ सय ७ मत ल्याएका छन्।

क कसले जोड्न सकेनन् दुई अंकको मत?

आँखिझ्याल चुनाव चिह्नबाट उठेका सुमन सायामिले ६ सय ९१ मत ल्याएका छन्।

हृदय चुनाव चिन्हबाट उठेका उम्मेदवारले ११, मादलले १७, धारा २१, क्याप ३४, चक्का ११, किताबले १० मत ल्याउदा बाँकी उम्मेदवारले भने आफ्नो खातामा दुई अंकको मत जोडन सकेका छैनन्।

जसमा दाब सहितको खुकुरी १, भाले ५, खड्ग ९, सुँगा ४, करुवा ४, किबोर्ड सहितको कमप्युटर १,साँचो २,कार ४,बाघ १,पुतली २, खरायो २,भूइकटर १, आँप१, गुलाब फूल १, कैची १, जेब्रा ३, लालटिन ३,चिल ५, काग २, अर्ना २, तिलहरी १, रिक्सा १, आँखीझ्याल ६९१, टायर ३ मत ल्याएका छन्।

 

सम्बन्धित् समाचार