गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाका नव निर्वाचित मेयर पौडेलले ग्रहण गरे प्रमाण पत्र

कपिलवस्तु नगरपालिकाका नव निर्वाचित मेयर पौडेलले ग्रहण गरे प्रमाण पत्र

कपिलवस्तु नगरपालिकाका नव निर्वाचित मेयर सुदिप पौडेलले मेयर पदको पत्र प्रमाण पत्र ग्रहण गर्नुभएको छ । आज एक कार्यक्रमका बीच पौडेलले र पदको पत्र प्रमाण पत्र ग्रहण गर्नुभएको हो ।

नव निर्वाचित मेयर, उप-मेयर सहित ६२ जना पदाधिकारीहरुले प्रमााण् पत्र बुझेका छन् ।

कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको हो । पौडेलले ११ हजार ९०६ मत प्राप्त गरेका छन्। पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा राजेश गुप्तालाई तीन हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। गुप्ताले ८ हजार ७८२ मत पाएका छन्।

त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छन्। उनले ९ हजार ५७० मत प्राप्त गरी विजयी भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले ९ हजार ३७९ मत प्राप्त गरेकी छन्। कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ।

वडा नम्बर ३ ,५, ८, १० र १२ मा कांग्रेसले जितेको छ। वडा नम्बर २, ४, ६ र ९ एमालेले जितेको छ। वडा नम्बर १, ११ र ७ मा जसपाले जितेको छ।

सम्बन्धित् समाचार