वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमि- ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदावर सुसिल चौधरी प्यानलसहित विजयी भएका हुन् । उनले आफ्ना निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार पवन थारुलाई पराजित गरे ।
बुद्धभूमि ४ मा ०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो भने अहिले उक्त वडा एमालेले खोसेको हो । पराजित थारु निवर्तमान वडाध्यक्ष समेत हुन् । चौधरीले १६६८ मत प्राप्त गरे भने उनलका निकट्तम प्रतिद्धन्द्धी कांग्रेसका पवन थारुले १५८१ मत प्राप्त गरे । दुवै बीच ८७ मत अन्तर रह्यो ।









