रूपन्देही : रूपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनता प्रगतीशील पार्टीका उम्मेदवार विजयी भएका छन् । पालीकाको अध्यक्ष पदमा गया प्रसाद बरई ४ हजार ३ सय ८५ मत ल्यायी बिजयी भएका हुन् । अध्यक्ष बरईका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत मात्र ल्याए ।
यस्तै, उपाध्यक्षमा सोही पार्टीबाट आशा सिंहले २ हजार ९ सय ६५ मत ल्यायी विजयी भएकी छन् । सिंहकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।
पालीकाको वडामा भने मिश्रीत परिणाम आएको छ । गाउँपालिकाको वडा नं। १ मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का कृष्ण कुमार सिंह बिजयी भएका छन् । वडा नं। २ मा लोसपाबाटै शसीदयाल चौधरी, वडा नं। ३ मा कांग्रेसका जनार्दन यादव, ४ मा लोसपाका ओमप्रकाश चौधरी, ५ मा जनता प्रगतीशील पार्टीका कृष्ण कुमार सिंह, वडा नं। ६ मा जनमत पार्टीका रामसेवक खरबिन्द, वडा नं। ७ मा जनता प्रगतीशील पार्टीका गनेश चौधरी निर्वाचित भएका छन् ।








