गृहपृष्ठ Featured दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङ : दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही(१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।

दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पुनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनु भयो ।

 

सम्बन्धित् समाचार