गृहपृष्ठ Featured आईपीएलको दोस्रो क्वालिफायर : आज राजस्थान र बेङ्ग्लोर खेल्दै

आईपीएलको दोस्रो क्वालिफायर : आज राजस्थान र बेङ्ग्लोर खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।

बेङ्ग्लोर इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

सम्बन्धित् समाचार