कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरेर जियी भएको छ भने लोकतान्त्रिक समाजवादी, माओवादि केन्द ,जनता समाजवादि पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ ।
आज सम्पन्न भएको शिवराज नगर नगरकार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ति मगर , बुद्धिकला भण्डारी र प्रेम सुनार त्यसैगरी नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका सन्त बहादुर धोबी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन ।








