काठमाडौं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९(८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् ।








