गृहपृष्ठ Featured बाणगंगाको बाल माविमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

बाणगंगाको बाल माविमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा नः १ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बिद्यालयमा सरुवा भई आउनु भएका प्रध्यानाध्यापकलाई स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा वडा नः १ का वडाध्यक्ष सञ्जु कुमार सारु सहित वडाध्यहरुलाई सम्मान गरीएको थियो भने सरुवा भई आउनु भएका प्रअ टिकाराम पौडेललाई सवागत गरीएको थियो ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति वडाध्यक्ष सञ्जु कुमार सारुले बिद्यालयको बिकासका लागी आफु नियमित लाग्ने बताए ।

शिक्षक कृष्ण भट्टराईको सञ्चालन, शिक्षिका लक्ष्मी घिमिरेको स्वागत मन्तब्य तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार