गृहपृष्ठ खेलकुद बाणगंगाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई २ दिने अभिमुखीकरण तालिम

बाणगंगाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई २ दिने अभिमुखीकरण तालिम

वैखरी अनलाईन : बाणगंगामा नव निर्वाचित जनप्रतिनिधीहरुको लागि स्थानीय सरकार संचालन तथा स्थानीय विकास सम्बन्धि २ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम वडा ४ मा अवस्थित पिस हिमालायन रिसोर्टमा सम्पन्न भएको हो ।

यही जेठ १६ र १७ गते भएको उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकिय अधिृकत शेषकान्त पौडेल, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र प्रशासन शाखा प्रमुख केशवराज भट्टराईले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको थियो । स्थानीय जनप्रतिनिधीलाई स्थानीय तह संचालन ऐन नियम र बाणगंगाले वनाएका विभिन्न नीति नियम कार्यविधी सहित ६४ प्रकारका ऐन नियम र कानुनवारे २ दिन सम्म अभिमुखीकरण गरिएकोे प्रमुख प्रशासकीय अघिकृत टेकराज पन्थीले वताउनु भयो ।

यस्तै दोस्रो कार्यकालका लागी बाणगंगा नगरपालिकाको मेयर बन्नु भएका चक्रपाणी अर्यालले कार्यक्रममा आफ्नो कार्यकालको अनुभव सुनाउँदै जनतालाई विकासको अनुभूति हुने गरि काम गर्न आग्रह गर्नुभयो ।  आफ्नो वडामा रहेका विद्यमान समस्यालाई अध्ययन गरेर त्यसको समाधानका उपायको खोज गर्न हरेक जनप्रतिनिधिहरु लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न उक्त २ दिने अभिमुखीकरण तालिममा नव निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार