गुल्मी : गुल्मीमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ को लुम्छामा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । इलाका वन कार्यालय रिडीको टोली त्यसतर्फ गएकोे डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।
फेला परेको मृत चितुवालाई कसैले मारेको वा आफैँ मरेको भन्नेबारे अनुसन्धानपछि मात्रै थाहा हुने सापकोटाको भनाई छ । कसैले मारेको भएमा त्यसको अनुसन्धान प्रक्रिया अगाडि बढाइने सापकोटाले जानकारी दिए ।
आफैँ मरेको भएमा ताजा भए छाला निकालेर खाडल खनि गाडिने र धेरै दिनको रहेछ भने यसै गाडिने सापकोटाको भनाइ छ ।








