लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले रुपन्देहीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ । एक शोक बक्ताब्य जारी गरेर उहाँले बस दुर्घटनामा ९ जना नागरिकको असामयिक दुखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।
मुख्मन्त्री केसीले मृतकप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामना गर्दै मृतकका शोकसनतप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्नुभएको छ।
आज विहान साढे ४ बजे जनपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका स्थित रोहिणी पुलबाट खोलामा खसेको थियो ।
बस खोलामा खस्दा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।








