गृहपृष्ठ Featured असार १ गतेदेखि आइतवारको बिदा खारेज

असार १ गतेदेखि आइतवारको बिदा खारेज

काठमाण्डौ : सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

सम्बन्धित् समाचार