गृहपृष्ठ खबर बाणगंगामा एक दिने सेयर तालिम सम्पन्न

बाणगंगामा एक दिने सेयर तालिम सम्पन्न

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा एक दिने सेयर तालिम सम्पन्न भएको छ । कपिलवस्तु जेसिज, कपिलवस्तु उद्योग बाणिज्य संघ र अर्थ सरोकारको संयुक्त आयोजनमा उक्त तालिम सम्पन्न भएको हो ।

बाणगंगा- ४ स्थित पिस हिमालयन रिसोर्टमा भएको उक्त तालिममा सुवास चन्द्र भट्टराईले प्रशिक्षण दिनुभएको थियो भने तालिममा सुरज प्याकुरेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । तालिममा सेयर बजारको परिचय, प्राथमिक बजार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, सेयर खरिद विक्री प्रकिया, सेयर बजारका फाईदा तथा जोखिम, सेयर बजारमा अपनाउनुपर्ने रणनिति, वित्तिय प्रतिवेदनका सुचकाँक लगायतको बारेमा प्रशिक्षक भट्टराईले जानकारी गराउनुभएको थियो ।

तालिममको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले तालिम छोटो भए पनि सेयर बजारका बारेमा धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभयो । उहाँले यो तालिम मात्र पर्याप्त नभएको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा यस्तै तालिम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालिम एकदमै उपलब्धिमूलक भएको जेसिज कपिलवस्तुका अध्यक्ष गुरुदेव पौडेलले दाबी गर्नुभयो । तालिममा सहभागिलाई प्रमाण पत्र वितरण समेत गरिएको कपिलवस्तु जसिजका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । प्रविन पौडेलले संयोजन गर्नुभएको उक्त तालिममा ५० जना बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार