गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा नगरपालिकाले भन्यो– ‘नगरको निर्णय विना विदा घोषणा गर्नु पद्धतिको बर्खिलाप’

बाणगंगा नगरपालिकाले भन्यो– ‘नगरको निर्णय विना विदा घोषणा गर्नु पद्धतिको बर्खिलाप’

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको निर्णय विना नै शैक्षिक संस्थाहरु बन्द गर्ने घोषणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नगरपालिकाले निर्माण गरेको शैक्षिक क्यालेण्डरमा विद्यालयले पाउने बर्षे वा हिउँदे विदाबाट कट्टी हुने गरि गर्मी विदा जेष्ठ र अषाढ महिनामा ६ दिन लिन सकिने गरि तयार गरिएको उक्त विज्ञप्तिमा स्मरण गराईएको छ । सोहीलाई आधार मानि यही जेठ २४ गते शिक्षकका पेशागत घटकको संयुक्त निर्णय भएको भनि सामाजिक संजालमा आएकोप्रति नगरपालिकाले आपत्ति जनाएको छ ।

सबै सरोकारवालाको सहमतिमा आधिकारिक निर्णय गरि विदाको निर्णय हुनुपर्नेमा सो नगरि अधिकारभन्दा बाहिर गई पेशागत घटकको नाममा यस्ता खालका कार्य हुनु पद्धतिको बर्खिलाप हुने नगरपालिकाको ठहर छ ।

साथै नगरपालिकाले आगामी दिनमा यस्ता कार्य नगर्न सचेत समेत गराएको छ । सोही विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाणगंगामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुको आज बैठक बसि यही जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म नगरका सबै शैक्षिक संस्थाहरुमा गर्मी विदा दिने निर्णय भएको सोही विज्ञप्तिमार्फत जानकारी दिईएको छ ।

सम्बन्धित् समाचार