गृहपृष्ठ Featured यूईएफए नेशन्स लिग : एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, क्रोएसियाले डेनमार्कलाई हरायो

यूईएफए नेशन्स लिग : एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, क्रोएसियाले डेनमार्कलाई हरायो

प्रकाशित मिति:

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ुएुको खेलमा फ्रान्स र अस्ट्रिया बराबरीमा रोकिएका छन्। अस्ट्रियास्थित अर्नेस्ट ह्यापेल स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र अस्ट्रिया १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको ३७ औं मिनेटमा एन्ड्रेस वेइमनको गोलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफको अन्तिम समयमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए। उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न समूह ुएुकै अर्को खेलमा क्रोएसियाले डेनमार्कमाथि संघर्षपूर्ण जित निकालेको छ। डेनमार्कस्थित पार्केन स्टेडियममा सम्पन्न् खेलमा क्रोएसियाले घरेलु टोलीमाथि १(० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा क्रोएसियालाई जित दिलाउन ६९ औं मिनेटमा मारियो पसालिकले निर्णायक गोल गरे।

योसँगै समूह ुएु को तेस्रो चरणको खेल सकिँदा ६ अंक सहित डेनमार्क शीर्ष स्थानमा छ भने समान ४ अंक जोडेका अस्ट्रिया र क्रोएसिया दोस्रो र तेस्रो स्थानमा रहँदा २ अंक जोडेको फ्रान्स तालिकाको पुछारमा छ।

 

सम्बन्धित् समाचार