गृहपृष्ठ Featured कपिलवस्तु शुद्धोधनका अध्यक्ष चौधरी छडके जाचमा ब्यस्त, जिल्लाभर चर्चा

कपिलवस्तु शुद्धोधनका अध्यक्ष चौधरी छडके जाचमा ब्यस्त, जिल्लाभर चर्चा

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले स्वाथ्य चौकी र सकारी बिद्यालयको छडके चेकजाच गरेपछि अहिले चर्चाको बिषय बनेको छ । उनले छडके चेक गरेपछि पालिकाका कर्मचारी समेत डराएका छन । अहिले उनी जिल्लामा चर्चाको पात्र बनेका छन । युवा नेता समेत रहेका चौधरीले जनताको सेवा र बिद्यार्थीको भविष्यमा आफु चिन्तित रहेकाले यसको सुधारका लागी छडके जाच गरेको उनले बताए ।

 

पालिका भित्र सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थाको अध्यक्ष चौधरीले अनुगमन गरेका हुन् ।

पालिकाबासीले स्वास्थ्य संस्थाबारे विभिन्न गुनासाहरु गरेपछि चौधरी आफै अनुगमनमा निस्किएका हुन् ।

विशेष गरि जनप्रतिनिधिले भौतिक पूर्वाधारको मात्र अनुगमन गर्ने गरेका छन् । जसले गर्दा आम शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकता पूर्ती गर्ने क्षेत्र धरासायी बन्दै गइरहेका छन् ।

मंगलबार चौधरीले पालिका भित्रका स्वास्थ्य संस्थाको अवलोकन गर्दै कमजोरी भेटिएका ठाउँमा कडा चेतावनी दिदैं तत्काल कमीकमजोरी हटाउन निर्देशन दिएका छन् ।

स्वास्थ्य संस्था अनुगमनका क्रममा अध्यक्ष चौधरीले कर्मचारी नियमित छ कि छैन्, सरसफाईको अवस्था के छ, विरामीले कसरी सेवा लिइरहेका छन् भन्ने जस्ता कुरामा गम्भीर चासो लिएका थिए ।

अध्यक्ष चौधरीले स्वास्थ्य संस्थाका शौचालयको अवस्था दयनिय रहेको भन्दै तत्काल सफा गर्न निर्देशन दिए ।

स्वास्थ्य संस्थामा समस्या परे पालिकामा आएर समस्या राख्न आग्रह गर्दै जनताको स्वास्थ्य उपचार राम्रोसंग गर्न उनले स्वास्थ्यकर्मी समक्ष आग्रह गरेका छन् । राज्यले सञ्चालनमा ल्याएका स्वास्थ्य संस्था उत्कृष्ट हुनुपर्ने भन्दै यसका लागि पालिकाले के के सहयोग गर्न पर्छ सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

सम्बन्धित् समाचार