गृहपृष्ठ Featured प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

प्रकाशित मिति:

काठमाडौं : द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरे ।

असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण गर्नेछन् ।

प्रधानसेनापति शर्माले लेवनान र सिरियाका यूएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेट गर्ने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त निरीक्षण भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्तराज्य अमेरिकाको औपचारिक निमन्त्रणामा यही असार १३–१७ सम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ । अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हुनेछन् । प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

सम्बन्धित् समाचार