गृहपृष्ठ कला/साहित्य राष्ट्रिय जनसाहित्यिक संघ कपिलवस्तुको अध्यक्षमा रमेश पौडेल चयन

राष्ट्रिय जनसाहित्यिक संघ कपिलवस्तुको अध्यक्षमा रमेश पौडेल चयन

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसाहित्यिक संघ कपिलवस्तुको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगामा भएको प्रथम जिल्ला सम्मेलनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उक्त सम्मेलनबाट उपाध्यक्षमा अम्बिका अर्याल, सचिवमा सन्तोष घिमिरे, सहसचिवमा तेजप्रसाद आचार्य र कोषाध्यक्षमा शान्ता अर्याल चयन भएका छन् । ११ सदस्यीय कमिटिको सदस्यहरुमा दिपक आचार्य, शम्भु वि.क., रामप्रसाद अधिकारी, सरस्वती जिसी रायमाझी, उमा पोख्रेल र ईन्दिरा देवकोटा चयन भएका छन् । उक्त नवनिर्वाचित कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई राष्ट्रिय जनसाहित्यिक संघका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष डा.नारायण प्रसाद पन्थले सपथ ग्रहण गराएका थिए ।

केन्द्रिय सचिवालय सदस्य पन्थले कपिलवस्तुबाट साहित्य जीवन्त राख्दै उच्च स्तरमा पुर्याएर उदाहरणीय सन्देश दिन आवश्यक रहेको बताए । उनले साहित्यमा समाजका सम्बन्धि विभिन्न पक्षलाई समेट्नुका साथै पार्टीका एजेण्डा आम नागरिकलाई बुझाउने गरि लाग्न निर्देशन समेत दिए । यस्तै राष्ट्रिय जनसाहित्यिक संघ लुम्बिनी प्रदेश सदस्य सरु ज्ञवाली, नेत्रलाल अर्याल र एमाले जिल्ला कमिटी सदस्य ताराजन घिमिरेले नेपाली साहित्य जगतको माध्यमबाट नेपाली समाजलाई सहि दिशातर्फ उन्मुख गराउन यस नवनिर्वाचत कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनसाहित्यिक संघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्षमा रमेश पौडेलले कपिलवस्तुमा साहित्यलाई थप क्रियाशिल बनाउने उद्घोष गरे । अध्यक्ष पौडेलले कपिलवस्तु ईतिहास बोकेको जिल्ला भएकाले आफैमा साहित्य बन्ने र यसमा आफुहरुले साहित्यका माध्यमबाट थप उर्जा थप्ने काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै शनिबार नै ननिर्वाचित पदाधिकारीहरुको पहिलो वैठक सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार