गृहपृष्ठ कपिलवस्तु बिशेष ‘बाणगंगा नगरपालिका खोप कार्यक्रममा जिल्लामै अब्बल’

‘बाणगंगा नगरपालिका खोप कार्यक्रममा जिल्लामै अब्बल’

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा नगर स्तरिय खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रम नगरको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै बाणगंगा नगरपालिका खोप कार्यक्रममा जिल्लामै अब्बल सावित भएको जिकीर गरे । चालु आर्थिक बर्षको १० महिनामा नियमित बालबालिकातर्फ खोपमा ८२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए । १२ देखि १७ बर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको उनले बताए । १८ बर्ष माथिका ५४ प्रतिशतलाई बुस्टर डोज खोप लगाईएको उनले बताए ।

उनले खोप वितरण केन्द्र, प्रस्तावित योजना, खोप वितरणमा देखिएका समस्या लगायतका बारेमा बताएका थिए । उनले खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन ‘खोजौं र खोपौं’ कार्यक्रम संचालन गरिने समेत उद्घोष गरे ।

प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले समग्रमा बाणगंगा नगरपालिका खोप अभियानमा सफल रहेको निष्कर्ष प्राप्त भएको बताए । उनले आगामी दिनमा खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान समेत गरे । यस्ता कार्यक्रमले आगामी आर्थिक बर्षको कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

 

नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, ११ वटै वडाका वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार