गृहपृष्ठ Featured एसपीपी अस्वीकृत गर्ने मन्त्रिपरिषद्‌को निर्णय

एसपीपी अस्वीकृत गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं : सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनकाअनुसार एसपीपी अस्वीकृत गरेको जानकारी अमेरिकालाई दिन मन्त्रिपरिषद्‌ले नेपाली सेनालाई अख्तियारी दिएको छ। ‘सेनाले पठाएको पत्र फिर्ता लिएर अस्वीकृत गरेको जानकारी गराउन नेपाली सेनालाई भन्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने।

 

सम्बन्धित् समाचार