गृहपृष्ठ Featured रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति:

काठमाडौँ : रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोगमा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गरेका हुन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए ।

पण्डितसँगै पुष्कर शाह, राजकुमार बजगाईँ लगायत युवाहरूले पनि उजुरीपत्रमा हस्ताक्षर गरेका छन् । पण्डितका अनुसार निवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूको चासोलाई मध्यनजर गर्ने प्रतिक्रिया दिएका थिए ।

रवि लामिछानेले मंगलबार पूर्णकालीन राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट ुराष्ट्रिय स्वतन्त्र पार्टीु को घोषणा गरेका थिए । यद्यपि उनको पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छैन । साथै उनले ‘घण्टी’ लाई आफ्नो पार्टीको चुनाव चिह्न प्रस्तावित गरेका छन् ।

सम्बन्धित् समाचार