गृहपृष्ठ कपिलवस्तु बिशेष ‘वडालाई कसरी राम्रो बनाउन सकिन्छ’ भनेर काम गरिरहेको छु : वडाध्यक्ष थापा

‘वडालाई कसरी राम्रो बनाउन सकिन्छ’ भनेर काम गरिरहेको छु : वडाध्यक्ष थापा

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ का वडाध्यक्ष रोम बहादुर थापाले निति तथा कार्यक्रममा धेरै राम्रा पक्षहरु समेटिएको बताएका छन् । उनले निति तथा कार्यक्रम कार्यान्वय गर्दै पुरा गर्न नगरपालिकाको पनि साथ आवश्यक रहेको पनि बताए । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा विकासका सम्पूर्ण पुर्वाधारको विकासका निम्ति हाल वडाको लागी विनियोजित बजेट पर्याप्त नभएको उनको भनाई छ ।

वडालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर आफुहरुले काम गरिरहेको उनले बताए । ‘वडालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर काम  गरिरहेको छु । त्यसमा वडावासीको साथ पनि छ । जसले मलाई काम गर्न थप उर्जा मिलेको छ ।’ उनले भने ।

वडाध्यक्ष  थापाले नगरपालिकाले वडालाई भने जति बजेट विनियोजन नगरेको गुनासो गरे । आगामी आर्थिक बर्ष २०७९/०८० को लागी वडाले कम्तिमा १ करोड बजेट पाउँनुपर्ने आफुहरुको मागलाई नगरले नसुनेको वडाध्यक्ष थापाको गुनासो छ ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा विकासका सम्पूर्ण पुर्वाधारको विकासका निम्ति हाल वडाको लागी विनियोजित बजेट पर्याप्त नभएको उनको भनाई छ ।

निति तथा कार्यक्रम एकतर्फी रुपमा आएको, शिक्षा, स्वास्थ्यमा पर्याप्य बजेट नछुट्टाईएको तथा आफुहरुका माग सम्बोधन नभएकाले एघारौं नगरसभा बहिष्कार गरेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार