गृहपृष्ठ Featured नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति:

रुपन्देही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ ९ख० बमोजिम उनलाई सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार