लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।
अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।
तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ ।