गृहपृष्ठ Featured कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगियो

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगियो

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ। बिहीबार बिहान ओखलढुंगाबाट काठमाडौं आउनेक्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कारपियो रामेछापको गोठगाउँमा दुर्घटना भएको हो।

उपसभापति गुरुङले गाडी अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिए। उनले भने, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठूलो घटना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुसल छौं।’

कांग्रेस नेता रत्न कार्कीका अनुसार स्कारपियोमा उपसभापति गुरुङ, सानोबाबु महर्जन र उनी सवार थिए। कांग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवारको धर्मपत्नीको निधन भएकाले परिवारजनप्रति समवेदना प्रकट गर्न गुरुङ बुधबार ओखलढुङ्गा खिजिदेम्वा गाउँपालिकास्थित खिजिफलाटे गएका थिए।

कार्कीका अनुसार आज मन्थली फर्कनेक्रममा गोठगाउँको गोगनेपानी चउर नजिकै गाडी चिप्लिएर सडकमुनि पुगेको हो।

सम्बन्धित् समाचार