गृहपृष्ठ Featured एकैदिन थप ७८ जनामा कोरोना संक्रमण

एकैदिन थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौं  : नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर एक हजार ३८४ पीसीआर परीक्षणमा ६० जना र दुईहजार १३१ एन्टिजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५९८ जना निको भएका छन् । हाल नेपालमा ५०८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार