गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिकाले विद्यालयहरुलाई दियो कम्प्युटर र प्रिन्टर

बुद्धभूमि नगरपालिकाले विद्यालयहरुलाई दियो कम्प्युटर र प्रिन्टर

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले विद्यालयहरुलाई कम्प्युटर तथा प्रिन्टर वितरण गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागी प्रविधि मैत्री अध्यापन कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको हो । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि एउटा स्रोत केन्द्रसहित ३२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले वैखरी अनलाईनलाई जानकारी दिए ।

मेयर केशव कुमार श्रेष्ठले प्रविधिमा तीब्र रुपमा भएको विकासले हाम्रो समाजलाई पनि सोही अनुरुप परिवर्तन गर्न आवश्यक रहेको बताए । उक्त कदमको थालनी स्वरुप नगरपालिकाले कम्प्युटर र प्रिन्टर वितरण गरेको बताए ।

उनले आगामी दिनमा यस्ता कार्यत्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै ल्यापटप वितरण समेत गरिने बताए । ‘यो सुरुवात मात्र हो, पछिपछि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं ल्यापटप पनि वितरण गछौं ।’ उनले भने, ‘नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वका साथ हेरेको छ ।’
उनले विद्यालयको प्रशासनिक कामकाज गर्न र पेपेर लेस बनाउने कार्यमा ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिकाले थप प्रभावकारी कार्यक्रम ल्याउने उनको भनाई छ ।

उपमेयर मिरा थारुले प्रविधिको मागलाई मध्येनजर गरि यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै यसले तथ्याङ्क संकलन गर्न थप सहज हुने विश्वास व्यक्त गरिन् ।

शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईको संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशवराज सुवेदी, सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं.८ का वडाध्यक्ष कपिलवदेव तिवारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार