गृहपृष्ठ Featured एमाले कपिलवस्तुको पाँचौ पूर्ण वैठक : यस्ता छन् निर्णयहरु

एमाले कपिलवस्तुको पाँचौ पूर्ण वैठक : यस्ता छन् निर्णयहरु

कपिलवस्तु : नेकपा (एमाले) कपिलवस्तुको पाँचौ पूर्ण वैठकबाट महत्वपुर्ण एजेन्डामा छलफल गर्दै विभिन्न निर्णयहरु भएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम्।राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न एमाले नेतृत्वको सरकारको विकल्प नभएको दावी गरेकी छन् ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वैशाख ३० को स्थानिय तहको निर्वाचनमा जनमतका हिसावले एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको बताउदै देशलाई सही ढंगले संचालनका लागि एमाले सरकार आवश्यक रहेको चर्चा गरीन् । उनले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिईन् । नेता घिमिरेले नेकपा (एमाले) कपिलवस्तुको पाँचौ पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेकी हुन् ।

वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कृषि, तथा पशुपंक्षी विभाग प्रमुख गिरधारीलाल न्यौपानेले वर्तमान गठबन्धन सरकार योजना विहिन ढंगले अगाडी बढ्दा राष्ट्रलाई ठूलो क्षती पुगेको आरोप लगाए ।

एमाले केन्द्रिय कमिटी सदस्य सिराज अहमद फारुकीले बलियो एमाले समयको आवश्यकता रहेको चर्चा गरे । त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको चर्चा गर्दै जनताको चाहना पुरा गर्ने दिशातर्फ सबै पार्टी कार्यकर्ता लाग्नु पर्नेमा जोड दिए । बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले निर्वाचनका समयमा पार्टीलाई मतदान नगर्ने जो कोही पनि एमाले हुन नसक्ने बताए ।

वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।

सोही वैठकले स्थानिय तहको निर्वाचनका सन्दर्भमा आएका विभिन्न टिका टिप्पणी, उजुरी, आरोपहरु र पार्टी विरोधी गतिविधीका सन्दर्भमा भएका गतिविधीका बारेमा वास्तविकता बुझनका लागि एमाले केन्द्रिय कमिटी सदस्य एवम् कृषि तथा पशुपंक्षी विभाग प्रमुख गिरधारीलाल न्यौपानेको संयोजत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ । छानविन समितिको सदस्य एमाले केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु सहईन्चार्ज शुसिल कुमार श्रीवास्तव, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम आचार्य र एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुम लक्ष्मण बेल्बासे सदस्य रहेको छानविन समिति गठन गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकले पार्टी सदस्यता नविकरण गर्ने, पार्टी सदस्यता डिजिटल अपडेट गर्दै नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । सोही वैठकले पार्टीका मोर्चा संगठन, जिल्ला विभाग, जिल्ला सल्लाहकार परिषद बैठकहरु श्रावण तेस्रो साता भित्र सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तु जनाएको छ । वैठकले निर्वाचित जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण श्रावणको तेस्रो हप्ता संचालन गर्ने भएको छ । सोही वैठकले जिल्ला समन्वय समिति एवम् पालिकामा निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै निर्वाचनमा सहयोग पु¥याउनुहुने सबै प्रति धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।

वैठकमा स्थानिय तह निर्वाचनको पालिकाको समिक्षात्मक प्रतिवेदन वाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रेल, बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवि प्रसाद बेल्बासे, कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रजापति, विजयनगर गाउँपालिका अध्यक्ष थर्क बहादुर थमगाहा, महाराजगञ्ज नगर कमिटीका अध्यक्ष निजाम खान, यशोधरा गाउँपालिका अध्यक्ष, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष जगन्नाथ चौधरीले समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भयो । त्यस्तै वैठकमा कृष्णनगर नगर कमिटीको प्रतिवेदन एमाले जिल्ला सचिव सिवि गहतराज र शिवराज नगरको प्रतिवेदन एमाले जिल्ला उपसचिव अर्जुन केसीले गरेका थिए ।

वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी।, एमाले नेताहरु साधुराम खनाल, काशिराम बेल्बासे, ईन्द्रमणी पौडेल, कृष्ण प्रसाद पौडेल, जंजिर प्रसाद चौधरी, खुम आचार्य, प्रभा पौडेल, द्रोणराज सुवेदी, टेकराज पौडेल, बाबुराम आचार्य, डम्वर शर्मा चपाई, विष्णु प्रसाद भण्डारी, शारदा शर्मा, बाबुराम खनाल, चक्रपाणी अर्याल, गुणनिधी भुसाल, मेराज खाँ, रामविलास यादव, धर्मवहादुर लाल श्रीवास्तव, अर्जुन पोख्रेल, पूर्णकला सुनार, जगदिशप्रसाद गुप्ता, ठाकुर प्रसाद पोख्रेल, पोमनारायण पौडेल, तेजप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार