गृहपृष्ठ कला/साहित्य चम्किन्छन् भानु सदा

चम्किन्छन् भानु सदा

प्रकाशित मिति:
नेपाली भाषाका चम्किला भानु उदाया तनहुँ चुदी
बाजेका ज्ञानसागर तरीतरी बडा भया हुन् कवि
संस्कार घरको प्रेरणा घाँसीको लिदै अगाडि बढ्या
धनीमानी भइकन विवेकमा संसारले चिन्ने भया (१)
मानस पटलमा रामभक्त भानु विराजमान भया
भाषा आस्था जगाउँदै मेचीकाली एकै सुत्रमा ल्याया
गौरव देशका आदिकवि भया काव्यगुणका धनी
वाल्मिकी स्वर्गमा छक्क परे हुन् उनको प्रतिभा देखी (२)
हिमाली कुना के मधेशमा गाउँ पहाडका कन्दरा
मेलापात हर्ष उत्सवमै रामायणका भाका
थाल्या गाउन बृद्ध, युवा, बालक भाका हालेर यसै
नेपाली भाषा राष्ट्रिय गौरव हो भन्ने बुझाया तसै (३)
ईश्वर भक्तिको भक्तमालाले मौलिक्ता झल्काउँछ
बधूशिक्षाले बुहारी चेलीलाई संस्कार सिकाउँछ
सुवोध शैलीका प्रसाद गुणका कविता फुर्दा भया
माधुर्य छरने कृतिहरुले व्यङ्ग्य प्रहार दिया । ४।
सागर हुन् नेपाली वाङ्मयका प्रतिभाशाली अति
राष्ट्रका विभूति रत्नसरी छन् तारिफ सकिन्न कति
उनकै कृति छापी मोतीरामले हातैहातमा दिया
चन्द्र सूर्य रहेसम्म भानुभक्त चम्किरहन्छन सदा (५)
उनकै सम्मानमा भानुजयन्ति पाका छौं
मनाउन यस्ता अग्रजका सन्तति
हामी भाग्यमानी हौं भन आशिष पाएका छौं सधैँ
अग्रजका देशकै शान बनौं संस्कृतिकी धनी नेपाल
आमालाई सबै मिलेर हसाऔं (६)
 लेखक : अम्बिका अर्याल , कपिलवस्तु नपा – ३ , कपिलवस्तु

सम्बन्धित् समाचार