गृहपृष्ठ Featured जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिंदै

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिंदै

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएको छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू फहराइएको छ । साथै सर्वसाधारणले सडकमा उभिएर भावपूर्ण विदाई गरेका छन् ।

संसद भवन हुँदै शवयात्रा गरिने भएकाले शवयात्राको रूटमा हजारौं सर्वसाधारण हातमा फूलको थुंगा लिएर उभिएका छन् । गत शुक्रबार पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गरिएको थियो ।

 

सम्बन्धित् समाचार