कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-४ मा माटोको पर्खाल भत्काउने क्रममा च्यापिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ ज्योतिनगर बस्ने २४ वर्षीय सुरेश रोक्का रहेका छन् ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार त्रिपालनगरमा सन्तोष गुरुङको घरको माटोको पर्खाल भत्काउने क्रममा रोक्का पर्खालले च्यापिएर गम्भीर घाइते भएका थिए ।
घाइते रोक्कालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।







