गृहपृष्ठ Featured प्रश्नपत्र बाहिर ल्याउन संलग्न सबैलाई तत्काल कारबाही गरिन्छ : शिक्षामन्त्री

प्रश्नपत्र बाहिर ल्याउन संलग्न सबैलाई तत्काल कारबाही गरिन्छ : शिक्षामन्त्री

काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिहरुलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले त्रिभूवन विश्वविद्यालयले लिने परीक्षा पत्रमा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै प्रश्नपत्र बाहिर ल्याउन संलगग् सबैलाई तत्काल कारबाही गरिने बताए। पौडेलले अब त्रिभूवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए।

सम्बन्धित् समाचार