गृहपृष्ठ Featured बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

बाँकेकाे काेहलपुरमा एक दम्पती मृत भेटिए

बाँके – बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेकाे पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

२५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको भेटिएकाे उहाँले बताउनुभयाे ।

उनीहरुकाे विवाह भएको एक वर्ष भएको बताइएको छ ।

‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, प्रनाउ न्यौपानेले भन्नुभयो ।

उहाँले घटना शङ्कास्पद भएको बताउँदै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो ।

सम्बन्धित् समाचार