गृहपृष्ठ Featured भारतमा राज्यसभा र लोकसभाका १९ सांसद निलम्वित

भारतमा राज्यसभा र लोकसभाका १९ सांसद निलम्वित

भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको छ। मर्यादाविपरित संसदमा हंगामा गरेको भन्दै उनीहरुलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तृणमूलका सांसद सुष्मिता देव, डा. शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रन्जन विश्वास र नदीमुल हक छन्।

विपक्षी दलका यी नेताहरु संसद अवरोध गरी काम कारबाहीमा बाधा पुर्‍याएको उपसभापतिको आरोप छ।

त्यस्तै सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो। जसमा मणिक्कम टेगोर, टीएम प्रतापन, ज्योतिमणि र रम्या हरिदास छन्। उनीहरुले महँगीविरुद्ध संसदमा विरोध गरेका थिए।

सम्बन्धित् समाचार