गृहपृष्ठ Featured २ दिने व्यक्तित्व विकास क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

२ दिने व्यक्तित्व विकास क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा उक्त २ दिने तालिम संघकै सभाहलमा मंगलबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले यस्ता तालिमले माईक छोप्न नजान्ने देखि सिक्ने क्रममा रहेकालाई लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले यस्ता तालिमले माईक छोप्न नजान्ने देखि सिक्ने क्रममा रहेकालाई पनि थप जान्ने बुझ्ने अवसर मिल्ने बताए । हरेक कार्यक्रममा कार्यक्रमको प्रकृति अनुसार बोल्नु पर्ने सुझाव दिदैं उनले थोरै बोल्ने तर प्रभावकारी बोल्नुपर्ने बताए ।

उनले कपिलवस्तु उद्योग बाणिज्य संघले हरेक उद्योगी तथा व्यवसायीको व्यवसाय प्रवद्र्धनदेखि लिएर व्यक्तित्व विकासमा समेत उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले व्यवसायीको व्यवसाय मात्र नभएर उनीहरुको सर्वाङ्खीण विकासमा संघले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गरे ।

उनले २ दिने तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गदैं अघि बढ्न सुझाव दिए । व्यक्तित्व विकास हरेक मानिसको महत्वपूर्ण एक पक्ष रहेकाले यसको लागी आवश्यक पर्ने अन्य विविध पक्षको परिपुर्ति गर्दै जीवनमा सफलता हासिल गर्न सहज हुने उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, युवा नेता सुर्यप्रसाद बरालसहित अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । कपिलवस्तु उद्योग बाणिज्य संघका सचिव खिमानन्द पौडेल (कोपिल) ले संयोजन गरेको उक्त तालिममा २५ बढी व्यवसायीहरुको सहभागिता थियो ।

सम्बन्धित् समाचार