वैखरी अनलाइन
उपचारका लागी भारतको दिल्ली जानु भएकी नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ आरजु राणा देउवाले उपचारपछि केही महत्वपुर्ण भेटघाट गर्नु भएको छ । जस क्रममा भारतका बिदेश विभाग प्रमुख डाक्टर बिवय चौथाइवालेसगं उहाले भेटघाट गर्नु भएको हो ।
दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने लगायतलका बिषयमा छलफल भएको पनि बुझिएको छ । भेटमा राणाको उपचार राम्रोसगं सम्पन्न भएको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत चौथाइवाले गरेका थिए ।
भारत र नेपालको सिचिएको भनिएको सम्बन्धलाई राणाले सुमधुर बनाउन राम्रो भुमिका खेलेको सरोकारवाला बताउछन ।








