वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीका अवसरमा नगरपालिकाले मातहतका कार्यालय तथा बिद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै नगरपालिका प्रमुख अब्दुल कलामले पञ्चमीका अवसरमा सबैलाई शुभकामना समेत दिएका छन ।

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।








