गृहपृष्ठ Featured राजनीति पुर्वाग्रह राखेर काम गर्दैनौं : मेयर श्रेष्ठ

राजनीति पुर्वाग्रह राखेर काम गर्दैनौं : मेयर श्रेष्ठ

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकामा कुनै राजनीति पुर्वाग्रह राखेर काम नगर्ने दाबी गरेका छन । उनले वडादेखि नगरपालिकाको कुनै काममा राजनीतिका आधारमा बिभेदरहित काम गरेको बताए । नगरपालिकाले गत आर्थिक बर्ष २०७८÷०७९ को नीति, योजना र कार्यक्रमको बुढ्ढी स्थित कार्यालयमा आयोजित नगर स्तरीय कार्यक्रममा सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रतिपक्ष एमालेका नगर अध्यक्ष देबी प्रसाद बेल्बासले लगाएको आरोपको जोडदार रुपमा खण्डन गर्दै मेयर श्रेष्ठले नगरपालिकामा सबैलाई समान किसिमले ब्यहवार गरिएको र कसैले पनि कुनै काममा राजनीतिको नहेरिएको बताए । ‘ आफनो दल भित्र राजनीतका कुरा गरौला तर नगरपालिका भित्र राजनीतिका कुरा यो मेरा तेरो भन्नु गलत हो ’ उनले भने ‘ राजनीति पक्ष लिएर काम गरेको भए देखाउन र प्रमाण दिनुस नत्र यस्तो गलत भन्न पाईन्न ’ । उनले आफु सल्लाह, सुझाव र सहकार्यमा चल्ने बताए ।

उनले आफुहरु नगरपालिको विकासकालागि अहोरात्र खटिएको बताए । उनले निति, नियम, कानुनको परिधि भित्र रहेको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै गल्ती गरे कारबाही गरिने बताए । वडाध्यक्षले माग गरे अनुसार वडामा बजेट थप्न नसको भन्दै उनले नगरपालिको आफनै बाध्यताले त्यसो भएको बताए । उनले सत्य तथ्यमा अडीक रहेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले बुढ्ढी ताल चक्रपथ, बुढ्ढी टिक्कर सडक अस्पताल निर्माण लगायतका ठुलो लगानीको नगर कै गौरवको योजना आफनै बलबुतामा निर्माण थलेको बताए ।

उनले त्यसकालागि डिपिआर निर्माण गरी आवश्यक बजेट मागकालागि संघीय र प्रदेश सरकारसंग माग गरिएको बताए । सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत केशवराज सुबेदीले नगरपालिकामा कर्मचारीहरुले नीति र नियममा रहेको प्रभावकारी सेवा दिएको बताए । उनले बिभिन्न योजना र काममा अनावश्यक बेनामी उजुरी दिएर कर्मचारीलाई हतोत्साहीत गर्र्न खोजिएको बताए । उनले काम सुरु नै नभै अख्तिायरमा उजुरी दिने गरकोले समेत काममा समस्या आएको बताए ।

सो अवसरमा ईन्जीनीयर निकिता त्रिपाठीले अख्तियामा अनावश्यक उजुरी दिदा आफुहरुलाई काम गर्न समस्या आएको बताए । ‘ काम सुरु हुन पाएको छैन अख्तियारमा उजुरी हुन्छ एक पछि अर्को टोली छानबिनका नाममा आउदा हामीलाई काम गर्न समस्या हुने गरेको छ ’ उनले भनिन । नगरपालिकामा यत्ति धेरै उजुरी परे पनि कुनै काममा खोट देखाउन सकेको छैनन त्यो हामीले गरेको असल कामको नतिजा भएको उनले बताईन ।

उनले बिभिन्न योजना र विकास निर्मााणको काममा वडाध्यक्ष, सदस्य, आम जनताले समते चासो लिनु पर्ने उनले बताईन । सो अवसरमा उनले गत बर्ष मात्र नगरपालिकामा कालेपत्रे, ग्रेभल र पिसिसि गरी ५० किमि बढी सडक निर्माणको काम भएको बिवरण पेश गरिन ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य पशु कृषि, सामाजिक विकास लगायत गरी ढेड दर्जन शाखा प्रमुखले प्रगति बिवरण पशे गरेका थिए । सो अवसरमा एमालेका नगर अध्यक्ष बेल्बासे, कांग्रेसका नगर सचिव कृष्ण गिरी राप्रापका लिलाधर अधिकारी लगायतले बिभिन्न सुझावहरु दिएका थिए । नगर अध्यक्ष श्रेष्ठको अध्यक्षता र नविन खनालको संचालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित् समाचार