वैखरी अनलाईन, बाणगंगा
बाणगंगा नगरपालिकामा बैंक तथा वित्तिय संस्था खोल्ने होडबाजी नै चलेको छ ।
बाणगंगामा ८० बढी बैंक तथा वित्तीय संस्था कारोबारमा क्रियाशील रहेका छन् । नगरको केन्द्र मानिने चार नम्बर जितपुरमा मात्र ३५ भन्दा बढि बैंक तथा वित्तिय संस्था छन ।
निजी क्षेत्रका बैंक स्थापना भए पनि बैंकले जुन क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो मात्रामा लगानी नगरेको, जिल्लामा कृषि क्षेत्रमा अगाडि भए पनि त्यस्ता क्षेत्रमा बंैकहरुले लगानी कम गर्ने गरेको यस क्षेत्रका जानकारी बताउँछन् ।
रुको निक्षेप (बचतका लागी राखेको) १५ देखि १६ अर्ब रहेको छ भने करिब २५ देखि ३० अर्ब लगानी यहाँका बैंक तथा वित्तिय संस्थाले ऋण उपलब्ध गराएका छन् ।
स्रोतले भन्यो, “निजी क्षेत्रका बैंक लगानी गर्नेभन्दा निक्षेप सङ्कलन गर्ने उद्देश्यले खुलेका हुन् । लगानी गर्ने ठूलाठूला क्षेत्र नै छैनन्, यहाँ रकम सङ्कलन गरी अन्यत्र लगानी गर्ने उद्देश्यले बैंक खुलेका हुन् ।”
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बैंक तथा वित्तिय संस्थाहरु खोल्ने क्रम तीब्र भएको तर उनीहरुले सामाजिक उत्तरदायित्वतर्फका कार्यहरु नगरेको पाईएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । लघु वित्तिय संस्थाको हकमा मनोमानी भएको जानकारी प्राप्त भएकाले यसको नियन्त्रण र नियमनका लागी आफुले पहल गर्ने बताए । उनले यसका सम्बन्धमा नगरपालिकाले आवश्यक निति बनाई अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बैंक तथा वित्तिय संस्थाहरु खुल्नु राम्रोे भएको तर यसको प्रतिफल जनताले प्राप्त गर्न आवश्यक रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले बताए । उनले यसतर्फ कपिलवस्तु उद्योग बाणिज्य संघको सरोकारवाला निकायहरुबीच गम्भिर बहस चलाउने बताए ।
जिल्लामा मुख्य नगदको स्रोत भनेको विप्रेषण हो, दैनिक रुपमा लाखौँ रुपैयाँ भित्रिने गर्दछ । त्यही रकम सङ्कलन गर्ने उद्देश्यले निजि क्षेत्रका बैंक तथा वित्तीय संस्था क्रियाशील रहेका छन् ।
उता नगरका भलवाड तथा पटनामा भने बैंक तथा वित्तिय संस्थाको सेवा प्रभावकारी रुपमा पुग्न सकेको छैन । बाणगंगा १०का वडाबासी आफनो सामाजिक सुरक्षा भत्ताका लागी वडा नः ११को ओदारी बजारमा पुग्न बाध्य छन ।
आज भन्दा १० बर्ष अगाडि नगरपालिकामा ४⁄५ वटा सिमिति मात्रामा रहेपनि अहिले ८० बढी रहेका छन् । यो सगै नबिल बैंक, हिमालयन बैकं पनि आफनो शाखा बिस्तारको तयारीमा छन ।
अहिले बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरको बैंक तथा वित्तिय संस्थाहरुको हबको रुपमा विकास भएको छ ।