गृहपृष्ठ Featured भारतले तटबन्ध र सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोक्योः उपाध्याय

भारतले तटबन्ध र सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोक्योः उपाध्याय

काठमाडौं

भारतका लागि नेपालका पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले नेपालको पानी कुटनीतिका लागि सशक्त आधार रहेपनि त्यसको प्रयोग गर्न नसकिएको बताएका छन् । द्धारिकानाथ ढुंगेलद्वारा लिखित चक्रव्यूहमा नेपालको जलश्रोत नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उपाध्यायले जलको बहुउपयोग उपयोग नै समृद्धिको आधार हुनुपर्ने धारणा राखे ।

भारतले एकतर्फी रोकेर अर्घेल्याइँ गरेर आफ्नो अनुकूल तटबन्धको नाममा, सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोकेको  उपाध्यायको भनाई छ ।

उनले भारतले त्यसो गरेपनि उसलाई समेत फाइदा नगरेको बताए । ‘म त भारतमा राजदूत भएर पनि बसेँ । युपी र विहार आउन जान पनि हाम्रो तराईमा नजिकको सम्बन्ध छ । त्यहीकै जनता प्रश्न गर्छन् । अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि अनुसार पानीको किन उपयोग गर्न सक्दैनौ ?’

कार्यक्रममा राप्रपाका नेता पशुपति शम्शेर जंगबहादुर राणाले नेपाल र नेपाली अघि बढ्ने बल नै नेपालको जलश्रोत भएकाले त्यसलाई भुल्न नहुने बताए ।

सम्बन्धित् समाचार