गृहपृष्ठ Featured भारतले तटबन्ध र सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोक्योः उपाध्याय

भारतले तटबन्ध र सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोक्योः उपाध्याय

प्रकाशित मिति:

काठमाडौं

भारतका लागि नेपालका पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले नेपालको पानी कुटनीतिका लागि सशक्त आधार रहेपनि त्यसको प्रयोग गर्न नसकिएको बताएका छन् । द्धारिकानाथ ढुंगेलद्वारा लिखित चक्रव्यूहमा नेपालको जलश्रोत नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उपाध्यायले जलको बहुउपयोग उपयोग नै समृद्धिको आधार हुनुपर्ने धारणा राखे ।

भारतले एकतर्फी रोकेर अर्घेल्याइँ गरेर आफ्नो अनुकूल तटबन्धको नाममा, सडकका नाममा पानीको प्राकृतिक बहावलाई रोकेको  उपाध्यायको भनाई छ ।

उनले भारतले त्यसो गरेपनि उसलाई समेत फाइदा नगरेको बताए । ‘म त भारतमा राजदूत भएर पनि बसेँ । युपी र विहार आउन जान पनि हाम्रो तराईमा नजिकको सम्बन्ध छ । त्यहीकै जनता प्रश्न गर्छन् । अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि अनुसार पानीको किन उपयोग गर्न सक्दैनौ ?’

कार्यक्रममा राप्रपाका नेता पशुपति शम्शेर जंगबहादुर राणाले नेपाल र नेपाली अघि बढ्ने बल नै नेपालको जलश्रोत भएकाले त्यसलाई भुल्न नहुने बताए ।

सम्बन्धित् समाचार