गृहपृष्ठ Featured मैदानमै किरण चेमजोङले गरे प्रेमिकासँग विवाहको प्रस्ताव

मैदानमै किरण चेमजोङले गरे प्रेमिकासँग विवाहको प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने । त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् ।

चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।

सम्बन्धित् समाचार