वैखरी अनलाइन : कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली नदीले बगाउँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान बेपत्ता भएका छन् ।
नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको थियो । बगाएको केही स्थान अगाडि श्रीमतिको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने राम मायाको श्रीमान् ३६ वर्षीय दिलकुमार सुनार बेपत्ता भएका छन् ।
उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका थिए । उनीहरु बाणगंगा- ७ निवासी हुन् ।