गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभाका सभामुख घर्ती भन्छन्- ‘संघीयता अनिवार्य छ’

लुम्बिनी प्रदेश सभाका सभामुख घर्ती भन्छन्- ‘संघीयता अनिवार्य छ’

प्रकाशित मिति:

रोल्पा : लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएको बताएका छन् । उनले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए ।

 

रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरु एकैठाउँमा हुनुपर्नेमा जोड दिए ।

उनले विगतको परिवर्तनको आन्दोलनका कारणले समावेशी, समानुपातिक, सम्पूर्ण विभेदको अन्त्यका लागि अगाडि बढेकोले प्रणाली खराव नभएको तर प्रणालीमा रहेका मानिसहरुको कारणले गर्दा नै असफल हुने बताए ।

उनले संघीय संरचनामा पहिलो पटक अभ्यास भएकाले गर्दा आफूहरुले आधारभूत रुपमा कार्य कानून निर्माण, अन्य कार्य सम्पादनमा पनि गरी सकेको बताए ।

उनले लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनसम्म आइपुग्दा ८२ वटा विधेयकहरु दर्ता भएका र ७२ वटा विधेयक पारित भएको बताए ।

सम्बन्धित् समाचार