वैखरी अनलाईन : नेकपा माओवादी केन्द्रको विधार्थी संगठन अनेरास्ववियू अखिल (क्रान्तिकारी) कपिलवस्तुका सचिव पुष्कर भूसालले राजिनामा दिएका छन् । उनले शुक्रबार एक पत्रमार्फत राजिनामा दिएका हुन् । कपिलवस्तुका सामुदायिक क्याम्पसहरुले मासिक शुल्क १५०० गराउने निर्णय गरेको विषयमा उनले निरन्तर विरोध गर्दै आएका थिए ।
‘विहिबार पब्लिक क्याम्पस सँघ कपिलवस्तु र जिल्ला क्रियाशिल विद्यार्थी संगठनहरु बैठक बसी मासिक शुल्कलाई १५०० बाट घटाएर १२०० कायम गर्दा हाम्रो संगठनबाट जिल्ला अध्यक्षको अनुपस्थिति र अन्य पदाधिकारीको राजिनामा रहेका अवस्थामा संगठनको जिल्ला सचिवको हैसियतले बैठकमा उपस्थिति जनाई निर्णय प्रक्रियामा आफ्नो विचार व्यक्त गरी निर्णयमा हस्ताक्षर गरेपछी संगठनका अध्यक्ष कमरेडले पदाधिकारीले गरेको निर्णय मान्य नहुने विज्ञप्ती जारी गरेपछि मैले संगठनमा मेरो र मेरो निर्णय कुनै अश्तित्व नरहेको महशुस गरेको छु ।’ उनको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
संगठनका शुल्क वृद्धि विरुद्ध ज्ञापन पत्र पेश गर्दादेखि लिएर संगठनका अन्य क्रियाकलापमा निर्णय गर्दा संगठनका अध्यक्ष हरिष चन्द्र खनालले एकलौटी निर्णय लिने गरेको उनले आरोप समेत लगाएका छन् । यस्तो परम्पराले संगठन मजबुत नहुने उनको भनाई छ ।
चुनाव घोषणा भएको अर्को दिन कपिलवस्तुमा माओवादीको विधार्थी संगठनका सचिवको राजिनामा आउनुले चुनावी माहोललाई असर गर्ने हो कि भन्ने माओवादी नेताको आशंका छ ।
यस्तो छ उनको राजिनामा पत्र :